सोसल मिडिया
Contact Us
युनिकोड
सप्तरी, १४ पुस । चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको टोलीले रुपनीमा वृक्षरोपण सुरु गरेको छ । रुपनी गाउँपालिका–५ स्थित दुधैला खोला ईलाकामा नेपाली सेनाले वृक्षरोपण सुरु गरेको हो । जिल्ला वन कार्यालयसँगको सहकार्यमा भीम दल गणले एक हजार २०० मगहनी, एक हजार मसला, ९०० खयर, ९०० तेजपत्ताका बिरुवा गरी चार हजार बिरुवा लगाइएको गणपति प्रमुख सेनानी नीरज भण्डारीले बताए। सो क्षेत्रमा रहेको प्रसिद्ध शनि मन्दिरसम्मको बाटो बनाउने काममा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र वृक्षरोपण अभियानलाई स्थानीयले निकै रुचाएको उपेन्द्र साहले बताए । श्री नं २७ बाहिनीपति सहायक रथी हेमराज केसीको विशेष उपस्थितिमा भएको वृक्षरोपण कार्यक्रमका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सशस्त्र प्रहरी ६ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठलगायत जनप्रतिनिधि, त्रिशक्ति र शनिदेव वन उपभोक्ता समितिका पदाधिकारीको सहभागिता थियो ।