विद्यालयलाई आर्थिक सहयोग

बुधबार, पुस १४, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

बेनी, १४ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गरेका छन् । हाल अमेरिकामा बस्दै आएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा विद्यालयलाई सो रकम सहयोग गरेका हुन्। सो रकम उनले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरे।

छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको शैक्षिक प्रगतिका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए । दुर्गम गाउँको उक्त विद्यालयले स्थानीय स्रोत साधन जुटाएर बिनादरबन्दी मावि तहको पठनपाठन सञ्चालन गर्दै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार