डोल्पा सदरमुकाम विद्युत् विहिन

मंगलबार, पुस १३, २०७८

जाजरकोट , १३ पुस । सोमबारदेखि डोल्पाको सदरमुकामलगायत आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेसिनमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।मेसिनमा खराबी आउनेबित्तिकै नेपालगन्ज मर्मतको लागि पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाका जुनियर  हेल्पर मुस्कान रावलले जानकारी दिए ।  हिउँद याममा आलोपालो तरिकाले विद्युत् सेवा दिँदै आएको डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध हुँदा समस्य परेको स्थानीयले गुनासाे गरेका छन् । राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुनेबित्तिकै सबै सेवा बन्द हुने गर्दछ ।  ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको विद्युत् अब तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युतबाट एक हजार २५० घरधुरीले विद्युत् सेवा लिएका छन् । 

Avatar

 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार