नेल्सन मन्डेलाका समकालीन तथा नोबेल शान्ति विजेता टुटुको निधन

आइतबार, पुस ११, २०७८

केप टाउन, ११ पुस : दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका एक चर्चित व्यक्तिको मृत्यु भएको छ । रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको हो । रंगभेद विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको भन्दै टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।  नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा भएको रंगभेदी आन्दोलनका अगुवामध्येका एक थिए । सन् १९५३ मा दक्षिण अफ्रिकाका विद्यालयहरूमा रंगका आधारमा विद्यार्थी छुट्टाउने कानुन बनेपछि टुटु  शिक्षण पेसा त्यागेर चर्च सामाज सेवामा होमिएका थिए ।- एजेन्सी

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार