जबर्जस्ती करणी प्रयासकाे आरोपमा किशाेर पक्राउ

आइतबार, पुस ११, २०७८

महोत्तरी, ११ पुस  । बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक किशाेरलाई प्रहरीले जबर्जस्ती करणी प्रयासकाे आराेपमा पक्राउ गरेको छ । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर ७  मनहरीपुरका किशाेरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घाँस काट्ने क्रममा  बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतकाे आराेप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशाेरको पहिचान खुलाउन नमिल्ने प्रहरीकाे भनाइ छ ।  किशाेरलाई  इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ भने जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार