महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

आइतबार, पुस ११, २०७८

भ्याटिकन सिटी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपत्का समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि सबै सम्बन्धित पक्षहरूबीचको सम्वाद महत्वपूर्ण विकल्प भएको उनले बताए । “महामारीको यो समयमा सामाजिक सम्बन्धका लागि हाम्रो क्षमता लाई एकदमै अधिकतम प्रयोग गर्ने प्रयास गरिएको छ”, सेन्ट पिटर्स स्क्वायरमा भेला भएका क्रिश्चियन धर्मावलम्बीहरूलाई क्रिसमस सन्देश दिँदै उनले भने । 
उनले कुनै पक्ष वा मुलुकलाई स्पस्ट सङ्केत नगरिकन दोहो¥याए, “कामबाट पछि हट्ने प्रवृति बढिरहेको छ । यो समग्र मानव जातिको हित र विकासका लागि घातक हुन्छ ।” 
उनले भने, “विश्व समुदायमा पनि वार्ताबाट समस्याको समाधान खोज्ने अभ्यास कम भएको छ । वार्ताले नै द्वन्द्वको समाधान गर्न र सबैका लागि चिरकालीन लाभ ल्याउन सक्छ ।”–रासस/एएफपी

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार