आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ को मृत्यु

आइतबार, पुस ११, २०७८

एथेन्स (ग्रीस), ११ पुस । एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
मृत्यु हुनेमा एक शिशु पनि रहेको ग्रीक सञ्चारमाध्यमले शनिबार जनाएका छन् । ग्रीसेली राष्ट्रिय समाचार संस्था एमएनएका अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद् घटना हो । यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समुहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जनाएको थियो ।
उक्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ । ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु नजिकै गत बुधबार पनि एउटा डुङ्गा डुबेको थियो भने उक्त घटनामा तीन जनाको मृत्यु भएको र थियो । डुङ्गा दुर्घटनामा अन्य १३ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही मानिसहरू बेपत्ता भएका थिए । सन् २०१५ देखि शरणार्थी र आप्रवासीको आश्रयस्थलका रूपमा अग्रपङ्क्तिमा रहेको छ । विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ । ‘ग्रिक म्यारिटाइम अफेयर्स र इन्सुलर पोलिसी’ मन्त्रीले शनिबार इमेलमार्फत दिएको जानकारीमा भनिएको छ, “सन् २०२१ मा ग्रीसले एक हजार ४५० खोज तथा उद्धार अभियानमार्फत २९ हजारभन्दा बढी मानिसहरूको उद्धार गरेको छ ।” सुरक्षाको आधारभूत स्तर अनुरूप नभएका डुङ्गाहरूमा अक्सर व्यापारीहरूले दर्जनौँ गरिब तथा द्वन्द्वपीडित मानिसहरूलाई ओसारपसार गर्ने गरेका र यसका कारण बढी दुर्घटनाहरू भएका ग्रीसका अधिकारीहरूले बताएका छन् ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार