सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

शुक्रबार, पुस ९, २०७८

सिन्धुपाल्चोक, ९ पुस । मेलम्ची नगरपालिका-१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बा २ ख ३६८९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका वर्षीय कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । कार्की गाडी धनी हुन् । सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको स्थानीयले बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार  बस्नेतका अनुसार अहिले प्रहरी घटनास्थल पुग्दैछ  । 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार