यमनमा खाद्य सङ्कट गहिरिँंदै

बिहीबार, पुस ८, २०७८

न्यूयोर्क (अमेरिका),  ८ पुस । संयुक्त राष्ट्रसङ्घ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ । मध्य पूर्व र उत्तरका लागि विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक कोरिन फ्लिसरले सो कुरा बताउनुभएको हो । यमनका परिवारहरू जो बाँच्नका लागि विश्व खाद्य कार्यक्रमको खाद्य सहायतामा निर्भर छन् । यमनमा खाद्य सङ्कट गहिरिँदै गर्दा तिनीहरूका लागि सबैभन्दा खराब समय आउँदै गरेको टिप्पणी भइरहेको छ । जनवरीदेखि यमनमा ठूलो सङ्ख्यामा जनताहरू खाद्य सङ्कटमा फसेका छन् र  विश्व खाद्य कार्यक्रमको सहयोगको तीव्र र निरन्तर पर्खाइमा छन् । यसका पछाडि मुद्राको अवमूल्यन र उच्च मुद्रास्फीति मुख्य कारण रहेको बताइएको छ । विगत तीन महिनादेखि  यहाँका  प्रायः सबै परिवारमा यसको प्रत्यक्ष असर देखिएको छ । “यमनी जनता अहिले पहिलेभन्दा धेरै कमजोर छन्, निरन्तर द्वन्द्व र गहिरो आर्थिक सङ्कटले लाखौँलाई विपन्नतामा धकेलिरहेको छ”, फ्लिसरले  टिप्पणी गरेका छन् ।– रासस/एएनआई
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार