जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

बिहीबार, पुस ८, २०७८

टोकियो,  ८ पुस । जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्यअनुसार अर्को वर्षको सुरुमा वार्षिक श्रम–व्यवस्थापन वार्ताअघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन् । “मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँट गर्नु भनेको भविष्यमा लगानी गर्नु हो”, किशिदाले औपचारिकरूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गरेका हुन् । 
अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पूँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका थिए । त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामका रूपमा लिएका छन् ।  उनले प्रि–प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको चार प्रतिशतभन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आएको छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार