सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट सरकारी वकिल 

बिहीबार, पुस ८, २०७८

काठमाडौं, ८ पुस : महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा उनी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । 

वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन्  ।

सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार