सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरको प्राङ्गणमा बिहीबार पुगेका विनयराज श्रेष्ठ केही क्षण भावविव्हल भए । महानगरले कोरोना प्रभावितलाई प्रदान गरेको आर्थिक सहायताको रकम बुझ्न उनी महानगर प्राङगण पुगेका थिए । विनयले ८० वर्षका आफ्ना पितालाई कोरोनाका कारण गुमाएको बताए । स्थानीय सरकार आफ्ना नागरिकको सुख, दुःखको साथी बताउँदै आएका महानगर प्रमुख चिरीबाबु महर्जनले विनयराजसँग केही बेर भलाकुसारी गरे । महर्जनले रकम बुझ्न आफ्ना अरु नगरवासीसँगँ पनि कुराकानी गरे । कुरा सुने । धैर्य गर्न सुझाए । ललितपुर महानगरको छैठौ नगरसभाले महानगरभित्र स्थायी बसोबास भएका कोरोना प्रभावितलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार पुस २ गतेबाट सहयोग रकम हस्तान्तर भइरहेको छ । सार्वजनिक बिदाका दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म महानगरले चेक मार्फत रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । कोरोनाका कारण मुत्युु भएकाको परिवारलाई प्रतिमृतक एक लाख बीस हजार , भेन्टिलेटर र आइसियूमा बसेर कोरोनाको उपचार गराई निको भएकालाई जनही ६० हजार, अस्पताल भर्ना भई कोरोनाको उपचार गराएकालाई बढीमा ३० हजार दिने निर्णय भएको थियो । महानगरप्रमुख महर्जनले सहायताको यो सानो रकम भएको बताउँदै आफ्ना नगरवासीको पीडामा मल्हम लगाउन खोजेको बताए । सभाले आर्थिक वर्ष ७७÷७८बाट कोरोनाका कारण प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।