सोसल मिडिया
Contact Us
युनिकोड
मुलुकमा रहेका सामुदायिक पुस्तकालयहरुको सर्वेक्षण एवं खोजी गरिने बताइएको छ । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलमा अवस्थित ‘गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्र’ ले आयोजना गरेको कार्यक्रममा बोल्दै रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले नेपाल सरकार अन्तर्गत शिक्षा मन्त्रालय, रिड नेपाल र शिक्षा सम्बन्धी अनुसन्धान गर्ने संस्था न्यू ऐराले संयुक्त रुपमा उक्त काम गर्ने बताए । उनले भने,‘ यो कामले पुस्तकालय कति छन्, अवस्था के छ, तिनीहरुले के काम गरिरहेका भन्ने जानकारी लिन सजिलो हुन्छ ।’ शान्ति भोेलेन्टियर एशोसियसनका कार्यक्रम संयोजक विनोद गुरुङलेमुलुकमा पढ्ने संस्कारको विकास गर्न एशोसियसनले २०७२ सालको विनाशकारी भूकम्पपछि दुई पुस्तकालय मर्मत गर्न सहयोग गरेको बताए । उनले भने, ‘एउटा नयाँ पुस्तकालय ललितपुरको बडिखेलमा निर्माण गर्न सहयोग ग¥यौं ,हामी पुस्तकालयका लागि जग्गा किन्दैंनौ, स्थानीय तहसँग समन्वय गरी उहाँहरुले उपलब्ध गराइदिनुभएको जग्गामा पुस्तकालय निर्माण गर्न सहयोग गर्छौ । ’ पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीले पुस्तकालय भवन निर्माणको काम पुरा भएको बताए । उनले भने, ‘नागरिकको बौद्धिक स्तर अभिवृद्धि गर्नका यो काम थालेका हौं । ’पुस्तकालयमा अहिले हाल ११ हजार एक सय ९० पुस्तकको व्यवस्था गरिएको छ । सामुदायिक पुस्तकालय मार्फत विभिन्न प्रतियोगिता, घुम्ती पुस्तकालय तथा पुस्तक प्रदर्शनीका साथै साक्षारता कक्षा सञ्चालन एवं बाल कक्षा राखिएको उनको भनाई थियो । पुस्तकालयमा बालबालिका, महिलाका लागि छ’ट्टै कक्षको व्यवस्था गरिएको छ । उक्त कार्यक्रममा उक्त पुस्तकालय स्रोत केन्द्र २०७४ साल भदौ ७ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत रुपमा दर्ता भई हाल बडिखेलमा आफ्नो लक्ष्य र उद्देश्यमा निरन्तर समर्पित र सञ्चालित भइरहेको जानकारी गराइएको थियो।