न्याय सेवा आयोगको वैठक स्थगित

बुधबार, पुस ७, २०७८

काठमाडौं, ७ पुस । बुधबार बोलाइएको न्याय सेवा आयोगको वैठक स्थगित भएको छ । लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधव प्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार