म्यानमारमा खानी दुर्घटनामा ७० वेपत्ता

बुधबार, पुस ७, २०७८

यांगुन, ७ पुस । उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ । कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलाे पहिरो गएको थियो । खानीमा अधिकांश मजदुर  गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार