कार्यव्यवस्था परामर्श समितिको बैठक जारी 

मंगलबार, पुस ६, २०७८

काठमाडौं, ६ पुस । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूचीसहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटो समितिको बैठक राखेको हुन् ।  प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसकेका बेला समिति बैठक बसिरहेको हो । संसदको नवौँ अधिवेशन एमालेको अवरोधमै सकिएको थियो भने १०औँ अधिवेशनका बैठकमा पनि अवरोध कायमै छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार