ट्रकको  ठक्करबाट छात्रको मृत्यु 

सोमबार, पुस ५, २०७८

सर्लाही, ५ पुस  । लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले  ठक्कर दिँदा  छात्रको आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार  टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई  ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रण लिएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार