सोसल मिडिया
Contact Us
युनिकोड
सिमकोट, ४ पुस । शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आज दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावत्मा समेत निकै कठिनाइ भएको छ । बिहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातसमेत बन्द रहेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुननसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रुसमेत नेपालगञ्जमै रोकिएका हुन् । यस्तै दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ । हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ । क्याम्पास भवनको छानो उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यसैगरी हावाहुरीले छानो उडाएपछि रु सात लाख बराबरको क्षति पुगेको प्रहरीको आकलन छ । क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको पठनपाठन हुने गरेको छ । कोरोना महामारिपछि भने भौतिक उपस्थितिमा पठनपाठन हुनसकेको छैन । हावाहुरीका कारण सिमकोटमा चिसो अत्याधिक बढेको महसुस गरिएको छ ।
‘जलवायु परिर्वतनले समस्या ल्याउँदैछ’ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जलवायु परिर्वतनले नकारात्मक असर पार्दा वातावरणीय समस्या देखा परिरहेको बताएकी छन् । महेन्द्रनगरमा आज आयोजित सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिकामञ्च कञ्चनपुर सम्मेलनमा उनले विकास निर्माण र योजजना कार्यान्वयन गर्दा जलवायु परिर्वतनको विषयलाई ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए। बढ्दो जलवायु परिर्वतनका असरलाई मध्यनजर गर्दै सरकार र सरोकारवाल निकाय त्यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो । मन्त्री जोशीले भनिन्, “विकासका नाउँमा पहाडमा गरिएको अन्धाधुन्ध बेमौसमी वर्षाले सुदूरपश्चिममा ठूलो असर ग¥यो ।” उनले विपद्को असर कम गर्न पूर्व तयारीका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको जानकारी दिए। यहाँस्थित भीमदत्त नगरपालिकाको आयोजना र स्थानीय नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको प्राविधिक सहयोगमा सञ्चालित सम्मेलनमा कञ्चनपुरका नौवटै पालिकाका प्रमुख÷उपप्रमुख, पालिकाका प्रशासकीय र वातावरण अधिकृतको सहभागिता छ । सम्मेलनमा जलवायु परिर्वतनले ल्याएको समस्या र विपद्को जोखिम तथा रोकथामबारे जलवायु विज्ञहरूले जानकारी गराएका छन् ।