सोसल मिडिया
Contact Us
युनिकोड
बैंकक (थाइल्याण्ड) , ३ पुस । म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २,५०० भन्दा बढी मानिस म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ । द्वन्द्वग्रस्त करेन राज्यको सिमानामा रहेको थाइ प्रान्तको नेतृत्व गर्ने सोमचाइ किचारोएनरुन्ग्रोजले थाइ पब्लिक ब्रोडकास्टिङ सर्भिसको प्रतिवेदनमा शरणार्थीहरूमा सयौं बालबालिका रहेको बताएका छन् । थाइ अधिकारीले सबैलाई खाना र आश्रय उपलब्ध गराउन काम गरिरहेको उनले उल्लेख गरेका छन् । हालैका हप्तामा, संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालयले धार्मिक पूजास्थल र आवासीय भवनजस्ता संरक्षित संरचनासहित गाउँ जलाइएको थुप्रै रिपोर्ट प्राप्त गरेको जनाएको छ । कोलभिलले भने विद्रोहपछि जनरल मिन आङ ह्लिङको सेनाले देशका जनताको रक्षा गर्ने अन्तरराष्ट्रिय कानून अन्तर्गत आफ्नो दायित्वको सम्मान गर्न बारम्बार असफल भएको छ । करेन नेशनल युनियनका जातीय अल्पसङ्ख्यक पृथकतावादी र फेब्रअरी १ बाट सत्तामा रहेको म्यानमारको सैन्य सरकारप्रति बफादार सेनाबीचको झडप यस हप्ता सैनिकले उक्त प्रान्तमा आक्रमण गरेपछि शुरु भएको हो । फलस्वरूप १,३०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने अन्य १०, ६०० हिरासतमा छन् ।– रासस/एएनआई