ओसाका प्रान्तका मानसिक स्वास्थ्य क्लिनिकमा आगलागी २४ को मृत्यु 

शनिबार, पुस ३, २०७८

जापान (टोकियो), ३ पुस । जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागी परी २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ । शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवासमेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ ।  
जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ । 
यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् ।  घाइतेको अवस्था गम्भीर छ वा छैन स्पष्ट नभएको एएफपीका अधिकारीले जानकारी दिएका छन् । करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार