सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ, ३ पुस । संयुक्त राष्ट्रसङ्घले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको हो । लेबनानका राष्ट्रपतिको कार्यालयले संयुक्त राष्ट्रसङ्घले सो सहयोग गर्न लागेको कुरा शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । बालबालिकाविरुद्धको हिंसाको अन्त्य गर्ने सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि नाजात माला मिजीदले संयुक्त राष्ट्रसङ्घले लेबनानका महिला र बालबालिकाका लागि सहयोग गर्न लागेको कुराको जानकारी दिएका हुन् । उनले भनेका छन्, यहाँका महिला र बालबालिकाको अवस्थाको विकास गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसङ्घले यो सहयोग गर्न लागेको हो । उनले लेबनानमा पनि कोभिड–१९को महामारीका कारण यहाँका महिला र बालबालिकामा असर गरेकाले त्यसका लागि सहयोग गरिने बताए ।–रासस/सिन्ह्वा