भारतमा कोरोनाबाट एक दिनमा थप सात हजार सङ्क्रमित, २८९ को मृत्यु

शनिबार, पुस ३, २०७८

नयाँ दिल्ली, ३ पुस । कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ । 
यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । प्रतिशतको हिसावले पनि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या गत मार्चपछिकै सवैभन्दा कम भएको उनीहरुको भनाई छ । उनीहरुका अनुसार भारतमा कुल सङ्क्रमित मध्ये ०.२४ प्रतिशत सङ्क्रमितहरु अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन । 
पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।–रासस/एएनआई

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार