संवैधानिक अधिकार खोसेर लिनुपर्छ : उपसभामुख सिर्जना शर्मा

शनिबार, पुस ३, २०७८

गण्डकी, ३ पुस । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको  लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी शुभारम्भ गर्दै उहाँले अघिकारका लागि महिला सङ्गठित भएर लाग्नुपर्ने बताएकी हुन् । 
महिलाले राजनीतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै सशक्तीकरणमा लाग्नुपर्ने बताउँदै उपसभामुख शर्माले  प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनैपर्ने आवश्यकता औँल्याइन् । दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ भन्दै उनले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरी पहल थाल्न महिलालाई आग्रह गरिन् ।  नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्माले विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ को जोखिमीका बेलामा रेडक्रसले आप्mना सम्पूर्ण सेवा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिए ।
रेडक्रसका मन्त्री धर्मराज अधिकारी,कार्यक्रम संयोजक उर्मिला खड्का,  पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइरालालगायतले रेडक्रसले निर्वाह गरेको भूभिकाबारे चर्चा गरेका थिए । तालिममा जिल्लाका विभिन्न ४८ उपशाखाका ९६ महिलाको सहभागिता छ । एकदिने सो तालिममा मोहनसिंह खड्काले ‘रेडक्रस अभियान’, उर्मिला खड्काले ‘उपशाखामा लैङ्गिक तथा सामाजिक समावेशीकरणका गतिविधि’ र खेमराज सापकोटाले ‘विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षण’ विषयमा प्रशिक्षण दिने छन् । 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार