सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ, ३ पुस । दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ । खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । गत मे यता देशका करिब ८३५,००० मानिस बाढीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।
प्रभावित भएकामध्ये ८० प्रतिशतभन्दा बढी जोङ्लेई, एकता र माथिल्लो नाइल राज्यका रहेको कार्यालयले जनाएको छ । तेलको धनी राज्यको राजधानी बेन्टिउले छ दशकमा सबैभन्दा खराब बाढीको सामना यस पालि गरेको छ र राज्यका २००,००० भन्दा बढी मानिसहरू विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको आवश्यकता छ । कार्यालयका अनुसार, पछिल्लो ११ महिनामा दक्षिण सुडानमा मानवीय एजेन्सीहरूले ६१९,००० मानिसहरूलाई खानपानको व्यवस्था गरेका छन् र लगभग ४७७,००० मानिसहरूलाई आपतकालीन पानी, सरसफाइ र स्वच्छता राहत वितरण गरेका छन् भने २२७,००० मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।
“आन्तरिकरूपमा विस्थापित व्यक्तिहरूका लागि नयाँ बसोबास क्षेत्रहरू पहिचान रिएकामा पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको चिन्ताजनक अवस्था देखिएको छ यसले देशमा पहिले नै २० लाख मानिस आन्तरिकरुपमा विस्थापित रहेको उल्लेख गरेको छ । इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु
उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिए । “बिहान ४ बजे शुरु भएको बाढीले महिला र बालबालिकासहित आठ जनाको मृत्यु भएको उनले एएफपीलाई बताए ।– रासस–एएफपी – रासस– सिन्ह्वा