समाजवादी कमिटीको पूर्ण बैठक भोलि 

बिहीबार, पुस १, २०७८

काठमाडौँ, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक यही पुस २ गते काठमाडौँमा हुने भएको छ ।
बैठकमा कार्यविभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिनुभयो । कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त सङ्गठनको १३८ शाखामध्ये ९० शाखा विस्तार गरेको र बाँकी ४८ शाखा एक महिनाभित्र गठन गर्ने योजना छ । त्यसैगरी काठमाडौँका १० निर्वाचन क्षेत्रमा कमिटी, १० नगर कमिटी, एक महानगर कमिटी गठन गरिसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार