जाडोयाममा त्रिपाल मुनि बास

बिहीबार, पुस १, २०७८

सर्लाही, १ पुस ।  जिल्लाको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासका दलित परिवार तिरपालमुनि बस्न बाध्य छन् । प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ती परिवारलाई आवास निर्माण गरिरहेको छ । निर्माण समितिले बनाउन ढिलासुस्ती गर्दा दलित परिवार तिरपालमुनि बस्न बाध्य भएका हुन् । निर्माण समितिको ढिलासुस्तीका कारण आफूहरु त्रिपाल तानेर बस्नु परेको पीडितको गुनासो छ । “बाल बच्चासहित चिसोका कारण रातभरि जाग्राम बस्नु परेको छ, भएको सानो घर वर्षामा ढल्यो, जाडोमा त जनता आवासले निर्माण गरिदिएको घरमा बस्न पाइन्छ भन्ने आश थियो त्यो पनि आशमै सीमित भयो । ” नारद पासवानले भने ।
 
निर्माण समितिको हेलचेक्र्याइका कारण समस्यामा परेको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासकी गीतादेवी पासमानको गुनासो गरे  । विगत दुई वर्षदेखि घर पाउने आशमा रहेकी उनले निर्माण समितिको लापरबाहीका कारण आफुहरु समस्यामा परेको गुनासो गरे  । “दुई वर्षअघिदेखि नै घर पाइन्छ कि भन्ने आश थियो, तर घर पाउन सकेको छैन”, उनले भने,“अन्तत चर्को ब्याजमा रु चार लाख ऋण लिएर आफैले घर बनाउनुप¥यो ।”  आवास कार्यक्रम अन्तर्गत लालबन्दीमा मात्रै एक हजार ५०० घर  बनाइदिने योजना थियो । ती मध्ये पाँच सय घर बनाउने सम्झौतासमेत भइसकेको कार्यक्रम कार्यान्वयन इकाईले जनाएको छ । सम्झौतामध्ये १०९ घर मात्र निर्माण भएका छन् । 

 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार