कांग्रेस महामन्त्री मतगणनाः दुई हजार २० गन्दा थापा र शर्माको अग्रता कायमै

बिहीबार, पुस १, २०७८

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी  छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म दुई हजार २० मत गणना भएको छ । प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ ।  सबैभन्दा बढी थापाले एक हजार ३८५ मत प्राप्त गरेका छन् । महामन्त्रीका अर्का प्रत्यासी  शर्माले ८५१ मत ल्याएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार