आगो निभाउन खोज्दा मृत्यु 

बिहीबार, पुस १, २०७८

जाजरकोट, १ पुस । जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए। लामाको गए राति मृत्यु भएको हो । 

 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार