विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य

बुधबार, मंसिर २९, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

मान्म, २९ मङ्सिर । कालीकोट खाँडाचक्र नगरपालिका–४ मा रहेको नवज्योति आधारभूत विद्यालयका विद्यार्थी कक्षा कोठाको अभावमा चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् ।  सातकोठे भवन रहेको सो विद्यालयमा चार कोठा जीर्ण भएपछि अहिले कक्षा कोठाको अभाव भई विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य भएका छन् । कुल २६५ विद्यार्थी रहेका  विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यालय बाहिर चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको दयनीय अवस्थाबारे कसैले चासो नदिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर बोगटीले गुनासो गरे ,“विद्यालयको दयनीय अवस्थाका विषयमा सरोकारवाला निकायले चासो दिएनन्”, उनले भने,“विद्यालयका अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय एकाइलाईसमेत जानकारी दिएको हुँ ।” विद्यालयमा अधिकांश गरिब, दलित तथा विपन्न बालबालिका पढ्न आउने गरेका कारण सो विद्यालयको अवस्थाका विषयमा कसैले चासो नदिएको प्रधानाध्यापक बोगटीको गुनासो थियो । हिउँदमा घाममा पढ्न त ठिकै हो, तर वर्षाको समयमा पानी परे चिसो कक्षामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको बोगटीले बताए। तीन निजी स्रोत, एक स्थायी, एक बाल विकासका शिक्षिका र एकजना कार्यालय सहयोगी रहेको सो विद्यालयको भौतिक संरचना भने दयनीय रहेको स्थानीयवासी जयबहादुर विकले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार