चिसो झन बढ्यो, काठमाडौंको तापक्रम ४.२ डिग्रीमा झर्‍याे

बुधबार, मंसिर २९, २०७८

काठमाडौं, २९ मंसिर : नेपालमा चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ । 

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ ।

धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ ।  मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली  रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार