ट्याक्टरको ढालाले किचेर एक जनाको मृत्यु

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर । माईजोगमाई गाँउपालिका-४ गैरीगाउँमा ट्याक्टरको ढालाले किचेर ५४ बर्षीय पूर्णबहादुर घलेकाे मृत्यु भएकाे छ । सोमबार बेलुका सवा ६ बजेतिर पराल बोकेको मे१त ११७३ नम्बरको ट्याक्टरमा सवार घले लड्दा ट्याक्टरको ढालाले किचेकाे हाे । उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापश्चात फरार रहेका चालक ताप्लेजुङ याङबरक गाँउपालिका-१ का २० बर्षीय टेकिन्द्रसिवा दर्जीलाई प्रहरीले मंगलबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार