भक्तपुर र सुनसरीमा एकसाथ अख्तियारको छापा, कागजात नियन्त्रणमा 

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो अनियमितताको आशंका भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीका भोक्राहा नरसिंह गाउँपालिकामा एकसाथ छापामा मारेको छ ।  अख्तियारको केन्द्रीय टोलीले मंगलबार दिउँसो छापा मारेर पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी भएका बिलसहितका कागजात र विकास निर्माण कार्यका खरिदजन्य कागजात नियन्त्रणमा लिएको हो । उक्त दुई पालिकामा ठूलो अनियमितता भएको आशंका छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार