कार्यव्यवस्था परामर्श समितिको बैठक जारी 

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।  नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार दिउँसो २ बजेबाट संसदको १०औँ अधिवेशन सुरु हुने भएपछि बैठक सञ्चालनसहित कार्यसूचीका विषयमा छलफल गर्न समितिको बैठक बसिरहेको हो ।  प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्ने रणनीति बनाइरहँदा समितिको बैठक पनि बसिरहेको हो ।  सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर दिउँसो २ बजे बैठक बस्ने गरी संसदको १०औँ अधिवेशन आह्वान गरेकी हुन् ।  मंगलबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार