प्रदेश २ स्तरीय महिला क्रिकेटमा सिराहा विजयी

शनिबार, मंसिर २५, २०७८

सप्तरी, २५ मंसिर : प्रधानमन्त्री कप प्रदेश स्तरीय टी ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगितामा सिराहाले उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर बाराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८२ रनको जोडेको थियो ।

जसमा बाराकी प्रतिमा साहले ३१ रन, रचना अर्यालले १६ तथा साना प्रवीणले १४ रन जोडेका थिए । बलिङगतर्फ सिराहाका सन्तोषी चौधरी, सरस्वती चौधरी, अनुराधा चौधरीले १/१ विकेट हात पारेका थिए । 

प्रतिउत्तरमा सिराहाले १४ ओभर ४ बलमा १ विकेटको क्षतिमा विजय हात पारेका छ । जसमा सिराहाका लागि अनुराधा चौधरीले ३१ रन जोडे भने सरस्वति चौधरीले १२ रन जोडेका थिए । 

बलिङगतर्फ बाराका कुनै पनि बलरले विकेट हात पारेन भने एक जना रनआउट भएका थिए । फाइनल खेलको प्लेयर अफ दी फाइनल अनुराधा चौधरी घोषित भएकी थिइन् ।

प्रतियोगिता भारी वेस्ट बलर रोजी (महोत्तरी)  वेस्ट ब्याटर प्रतिमा साह (बारा) प्लेयर अफ द टुनामेन्ट आरती चौधरी (सिराहा) घोषित भएको छ ।

सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवको अध्यक्षतामा आयोजित फाइनल समारोहमा राजविराज नगरपालिकी उपप्रमुख साधना झा, प्रदेश २ क्रिकेट संघ उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघ सचिव चन्दनकुमार यादव, प्रदेश २ क्रिकेट खेलाडी छनोट समितिका संयोजक मरतुजा हवारी, सदस्य अनिल शर्मालगायतले फाइनल विजेता सिराहा र उपविजेता बारा टिमलाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार