गाउँपालिकाका जनप्रतिनिधिलाई ओमिक्रोनबारे जानकारी दिन प्रशिक्षण

शनिबार, मंसिर २५, २०७८

पाल्पा, २४ मंसिर : जिल्लाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले कोभिड-१९ को नयाँ भेरियन्टबारे प्रशिक्षण लिएका छन् । नेपालमा समेत देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गरि जानकारीका लागि तालिम सञ्चालन गरिएको हो । 
गाउँमा बसेर नागरिकको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको सचेता, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तालिम प्रदान गरिएको हो। 

ग्रामीण स्वाबलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिको व्यवस्थापन , बगनासकाली गाउँपालिकाको समन्वय तथा माल्टेश्वर इन्टरनेशनल र जर्मन कोअपरेसनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । 

तालिममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले कोभिड-१९ को नयाँ भेरियन्टले पालिकामा पार्न सक्ने प्रभाव र हालको अवस्था तथा यसको जाखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका विषयमा सहजीकरण गरेका थिए । 

बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कोभिडको नयाँ भेरियन्टको रोकथामको लागि बनेका योजनाका बारेमा जानकारी गराएका थिए ।  

कार्यक्रमको उद्घाटन गर्दे बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले कोभिड-१९ महामारी न्यूनीकरण र कोभिड प्रभावितहरुलाई उचित कार्यक्रम बनाएर अगाडि बढेको बताए । 

कोरोनाको भेरियन्टको ओमिक्रोन भाइरस न्यूनिकरणका लागि पालिकामा स्वास्थ्य सर्तकता अपनाइएको उनको दाबी थियो ।  तालिममा बगनासकालि गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार