अमेरिकी बेरोजगारी दर आधा शताब्दी पहिलेको अवस्थामा पुगेको अमेरिकी दाबी

शुक्रबार, मंसिर २४, २०७८

वासिङटन, २४ मङ्सिर । संयुक्त राज्य अमेरिकाको बेरोजगारी सहायताका लागि नयाँ दर्ता गत साता ह्वात्तै घट्को अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार यो वर्ष दोस्रो पटक सन् १९६९ देखि नदेखिएको स्तरमा बेरोजगारी दर घटेको पाइएको छ । गत हप्ता एक लाख ८४ नयाँ मौसमी समायोजन गरिएका दावाहरू आशा गरेभन्दा धेरै कम र अघिल्लो हप्ताको स्तरभन्दा ४३ हजारले कमी हो ।
यसले गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा छुट्टीको नजिकबाट नियालिएका तथ्याङ्कहरू सेप्टेम्बर ६, १९६९ को हप्तादेखि नदेखिएका स्तरमा पुगेको देखिएको छ । यो तीन हप्तामा दोस्रो पटक बेरोजगारी दर आधा शताब्दी पहिलेको उक्त वर्षभन्दा कम भएको छ ।
पैन्थियन म्याक्रोइकोनोमिक्सका इयान गोरसनले बेरोजगारी दरको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्दै भनेका छन्, “आगामी हप्ता बेरोजगारी दरमा थप सुधार हुने सम्भावना देखिन्छ किनकी अहिले बेरोजगारी दावा गर्दै निवेदन अह्वान गर्ने प्रवृत्ति द्रूत गतिमा घटिरहेको देखिन्छ । यसले श्रम बजारको अत्यधिक कडापन र सकल घरेलु उत्पादनको वृद्धिमा भएको वृद्धिलाई प्रतिबिम्बित गर्छ ।” 
“अरु विकल्प नपाएसम्म कम्पनीहरूले कर्मचारी लाई दिनु निकै जोखिमपूर्ण हुन्छ । किनकी पछि मानिसहरूलाई पुनः काममा लगाउन कठिन र खर्चिलो हुने छ ।” उक्त तथ्याङ्कले सबै सरकारी कार्यक्रमहरूअन्तर्गत बेरोजगारी सहायता प्राप्त गर्ने मानिसहरूको सङ्ख्यामा तीन लाख ५० भन्दा बढीको कमी देखाएको छ जुन नोभेम्बर २० सम्ममा १९ लाखको हाराहारीमा थियो ।– रासस/एएफपी 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार