नेप्से सामान्य बढ्यो, कारोबार सात अर्ब ६४ करोड

बुधबार, माघ २८, २०७७

काठमाडौं । उतार–चढावबीच बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य सुधारिएको छ । नेप्से ८.६६ अंकले बढेर २५ सय ४३.०३ विन्दुमा पुग्यो । मंगलबार २९ अंकले झरेको नेप्से बुधबार सामान्य सुधारिएको हो । आइतबार र सोमबार गरी नेप्से ८६ अंकले बढेको थियो । कारोबार भएका अधिकांश समूहमा गिरावट आए पनि वाणिज्य बैंक समूहमा २६.६१ अंकको सुधार आएसँगै नेप्से सुधारिएको हो । जीवन बिमा समूहमा ११५ अंकको गिरावट आए पनि निर्जीवन बिमा समूहमा भने ६२ अंकको वृद्धि आयो । होटेल समूह ४४ अंकले बढ्दा वित्त समूहमा पनि ३८ अंकको सुधार आएको थियो । व्यापार समूह ९७ अंकले घटेको दिन उत्पादनमूलक समूह ६९ अंकले झ¥यो भने लघुवित्त समूहमा पनि करिब ४५ अंकको गिरावट आयो । गोर्खाज फाइनान्सको सेयर भाउ १० प्रतिशतले बढ्दा गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर भाउ पनि ९ प्रतिशत बढीले बढ्यो । १९१ कम्पनीको एक करोड ४९ लाख कित्ता सेयर सात अर्ब ६४ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार