सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रजिष्ट्रार) प्रा.डा पेशल दाहालले जानकारी दिए । कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थिति गरेर कक्षा सञ्चालन गर्न थालिएको हो । कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन शुरु गरिसकेका छन् । त्रिविले पढाइ सञ्चालनका लागि अहिले प्रवेश परीक्षा लिइरहेको छ । बन्दाबन्दीले रोकिएका परीक्षा धमाधम लिँदै र नतिजा प्रकाशनको काम भइरहेको त्रिविले जनाएको छ । मङ्सिरदेखि अहिले पनि परीक्षा सञ्चालन भइरहेका छन् । ती सबै परीक्षाको परीक्षाफल फागुन–चैत महिनाभित्र प्रकाशित गर्ने योजना त्रिविले बनाएको छ । कोभिड–१९ को कारणले गत चैतदेखि स्थगित भएको त्रिविको परीक्षा यही मङ्सिरदेखि सञ्चालन भएको थियो । त्रिवि अन्तर्गत देशभरि एक हजार १२४ क्याम्पस रहेका छन् ।