तातोपानी नाका पुनः सञ्चालन

मंगलबार, माघ २७, २०७७

चौतारा । नेपाल चीन बीचको प्रमुख व्यापारिक  नाका तातोपानी   आजदेखि पुनःसञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि  चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो । नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाषक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ ।  चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामा चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ । भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि  मात्र शुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ । आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, मास्क तथा जलद्यिुत् आयोजनाका यान्त्तिक सामान रहेको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार