गणकको लापरबाहीले सर्वसाधारण जनगणनाबाट वञ्चित

शुक्रबार, मंसिर १०, २०७८

सप्तरी, १० मंसिर : राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएकाे छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज-४ का सुरेश मुखियाले बताए। उनले भने,´गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।`

जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयकाे घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए।
उनले भने, ´छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं।`

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार