भारतको रक्षा बजेट १५ वर्षपछि सबैभन्दा धेरै

मंगलबार, माघ २०, २०७७

नयाँ दिल्ली । भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक वृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सीतारमणलाई धन्यवाद दिएका छन् । अर्थमन्त्री सीतारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ । अधिकारीहरूका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रूपैयाँ छुट्याइएको थियो । अर्थमन्त्री सीतारमणले सोमबार भारतको केन्द्रीय सरकारको वार्षिक बजेट सार्वजनिक गरेकी हुन् । भारतको यसवर्षको बजेट ४.७८ करोडको रहेको छ ।    
‘अघिल्लो वर्षको तुलनामा यस वर्ष रक्षाका लागि १९ प्रतिशत बजेट वृद्धि भएको छ, यो रकम १५ वर्षपछिकै सबैभन्दा धेरै हा’ रक्षामन्त्री सिंहले भने ।– एएनआई
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार