सोसल मिडिया
Contact Us
युनिकोड
नेपालगञ्ज । अत्यधिक चिसो बढेपछि यहाँका विद्यालय तीन दिन बन्द गरिने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका अनुसार नगरमा सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय सोमबारदेखि बुधबार (माघ २१ गते) सम्मका लागि बन्द गरिएको छ । महाशाखा प्रमुख गोर्खबहादुर थापाले मौसम अनुकूल भई घाम लागेमा यही माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर अवस्था यस्तै रहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताए । यसैगरी बाँकेको कोहलपुर नगरपालिकाले पनि सोमबारदेखि यही माघ २१ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पश्चिम नेपालको नेपालगञ्जमा झण्डै एक सातादेखि चिसो अत्यधिक बढेको महसुस गरिएको छ ।