विद्यार्थी–शिक्षकलाई खोप लगाउन आग्रह

सोमबार, माघ १९, २०७७
Global Ime Bank

काठमाडौं । सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले  विज्ञप्ति जारी गर्दै लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरेका हुन् । सो क्रममा महासंघघले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार