गठबन्धन सरकारको आयु लामो छैन : योगेश भट्टराई

मंगलबार, कात्तिक २३, २०७८

ताप्लेजुङ, २३ कात्तिक : नेकपा एमाले पार्टीको सचिव योगेश कुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताएका छन् । ताप्लेजुङको सदमुका फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै  उनले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताए ।

गठबन्धनमा आवद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, र‌ंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उनकाे दाबी छ । 'अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो', उनले भने । 

गठबन्धन  दलहरूमा विघटनको संकेतहरु देखापर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसकाे आयु नरहेन नेता भट्टराईकाे भनाइ छ ।

'सत्तारुढ गठबन्धन नास्पाती र सुन्तलाको कलमी जस्तै'

 नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले सत्तारुढ गठबन्धनलाई नास्पाती र सुन्तलाको कलमीको संज्ञा दिएका छन् । उनले सत्तारुढ दलले बनाएको राजनीतिक संयन्त्र प्रधानमन्त्रीलाई छायामा पार्न, अधिकार कटौती गर्न र सरकारका प्रत्येक काममा दलीय हस्तक्षेप बढाउने मनसायका साथ गठन गरिएको समेत आरोप लगाएका छन् । 

गृह जिल्ला ताप्लेजुङमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व पर्यटनमन्त्री समेत रहेका उनले भने, ‘न नास्पातीमा सुन्तलाको कलमी हुन्छ न सुन्तलामा नास्पातीको ।’उनले सत्तारुढ गठबन्धन लामो समयसम्म टिक्न नसक्नेसमेत बताए । 

केही गम्भीर मुद्दाका कारण यो गठबन्धन सरकार आगामी निर्वाचनसम्म जान नसक्ने उनको ठोकुवा थियो । सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक संयन्त्र हरेक काममा पार्टीका भागबन्डा मिलाउने उद्देश्य अनुरूप गठन भएकोले यस्ता गतिविधिले सरकार चल्नै नसक्ने उनले बताए । 

सत्तारुढ गठबन्धन केवल एमालेको विरोधका लागि मात्रै गठन भएको समेत उनले बताए । गठबन्धनको धरातल कमजोर र उद्देश्य अपविपत्र भएकोले यसको आयु समेत लामो नभएको उनको जिकिर थियो । उनले न्यायालय भित्रको विवाद संवैधानिक परिषद्मार्फत समाधान गर्नुपर्नेमा जोड दिए ।

 डडेलधुरा एमालेमा चर्कियो असन्तुष्टि, तत्कालीन अध्यक्ष नै लागे नेकपा (एस)तिर 

डडेलधुरा नेकपा एमालेमा असन्तुष्टि चर्किएको छ  ।  सुदूरपश्चिममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिविपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा एमालेकी तत्कालीन अध्यक्ष डा. तारा जोशी नै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न लागेका हुन् । 

उनलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले भोलि बुधबार जिल्लामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराउँदै छन् । ओलीले अध्यक्षको रूपमा प्रकाश साउँदलाई जिम्मेवारी दिएपछि एमाले डडेलधुरामा विवाद चर्किएको हो । ती नै साउँदले गाउँ तथा नगर अधिवेशनमा जोशी समूहलाई जानकारी नै नगराई एक्लौटी रूपमा नेतृत्व चयन गरेका थिए।

एमाले अध्यक्ष जोशी रहेको र १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने जोशी समूहका नेता कार्यकर्ताले चेतावनी समेत दिएका थिए। 

नेकपा फुटेर एमाले बनेपछि केही साथीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टीको गठन गरेपनि केही साथीले तत्कालीन अवस्थामा यथास्थितिमा रहने निर्णय गरेको डा. जोशीले बताए ।

‘माथिबाटै एमालेको एकता कायम गर्नका लागि विभिन्न प्रयास भए । १० बुँदे सहमतिदेखि लिएर अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि हुँदैन भनेर हेरिरहेका थियौं,’ डा. जोशीले भने, ‘तर, कार्यान्वयन भएन् । र, हामी समाजवादीमा प्रवेश गर्दैछौँ ।’

डा. जोशीको जिल्लामा पकड राम्रो रहेको बताइन्छ । उनीसँगै अधिकांश नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने तयारी छ । डा. जोशीसँगै नेतृ सकुन्तला नगरकोटी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्ट, अमरगढी नगरप्रमुख संगीता भण्डारी समाजवादीमा प्रवेश गर्दैछन् ।

कार्यकर्ता भेटघाट र कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष नेपाल भोलि (बुधबार) डडेलधुरा आउने लागेको एकीकृत समाजवादी डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताए। उनकाअनुसार नेपालसँगै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले पनि डडेलधुरा आउन लागेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार