सोसल मिडिया
Contact Us
युनिकोड
रियाद । साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरि लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि थप गरिएको घोषणा शुक्रबार गरेको हो । नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न पाउने छैनन् । कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो । साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, समुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिवन्ध लगाइएको थियो । कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिवन्धको अवधि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनाका कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा अहिलेसम्म कोरोनाभाइरसबाट ६ हजार ३६८ जनाको मृत्यु भएको छ ।–सिन्ह्वा