सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरेको छ । महासंघका कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित समितिको सहसभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् । समितिका सदस्यमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुँवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारी अधिकृत रुद्रप्रसाद सापकोटा ¥याडीशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकूर छन् । समितिका सल्लाहकारमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया छन् । त्यसैगरी समितिमा आमन्त्रित सदस्यमा मेरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशीय निर्देशक मोहमद इमाम, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य जितेन्द्र झाँक्री, होटल स्नेहाका महाप्रवन्धक देवांश राणा, होटल व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष अमृत भुजेल, ललितपुर उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य अपुलाल अवालेलगायत रहेका छन् । समिति विस्तार समारोहलाई सम्वोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘यदि हामीसँग रहेको पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सक्याँै भने हामीले निकै धेरै लाभ उठाउन सक्छौँ ।’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडले धरासायी भएको पर्यटन क्षेत्रलाई पुनःजीवन दिन समितिबाट महत्वपूर्ण पहल हुने भन्दै त्यसमा आफूबाट पूर्णसहयोग रहने विश्वास दिलाए । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महासङ्घका सबै सदस्यलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजले ल्याउनुपर्ने सुझाव दिए ।