शिवम् सिमेन्ट्सको साधारणसभा भोलि, २९ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेण्डा

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं । शिवम् सिमेन्ट्सको साधारणसभा भोलि मंगलबार बस्ने भएको छ । शिवम्‌ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित २९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजे सभा आह्वान गरेको हो । कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ । शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा/नोक्सान, नगद प्रवाहलगायतको विषयमा छलफल गर्ने एजेन्डा छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गरेको छ । यसअनुसार ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार