२०२० अमेरिकी अर्थतन्त्रका लागि सबैभन्दा खराब   

शुक्रबार, माघ १६, २०७७

वासिङ्टन । कोभिड–१९ महामारीका कारण सन् २०२० अमेरिकी अर्थतन्त्रले निकै खराब अवस्थाको सामना गर्नुपरेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ ।  सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा व्यापक सङ्कुचन आउँदा आर्थिक वृछि दर ३.५ प्रतिशत कायम भएको बिहीबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । सन् १९४६ पछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको यो सबैभन्दा ठूलो सङ्कुचन  भएको अमेरिकी वाणिज्य विभागले जानकारी गराएको हो ।  उक्त संकुचनले अमेरिकी खर्च र आर्थिक गिरावटलाई पनि प्रतिबिम्बित गरेको र निर्यात, निजी अनुसन्धानमुलक लगानी, गैरराष्ट्रिय स्थिर लगानी, र राज्य र स्थानीय सरकारको खर्च र स्थायी आवासीय लगानीमा वृद्धि भएको पुष्टि गरेको छ ।
गत वर्षको कूल निर्यातमा १३ प्रतिशतको गिरावट आएको छ भने व्यक्तिगत उपभोग्य खर्च ३.९ प्रतिशतमा झरेको छ । चौथो त्रैमासिकमा मात्र अमेरिकी कूल गार्हस्थ उत्पादनमा ४.० प्रतिशतले वृद्धि भएको अन्तिम तीन महिनाको पहिलो प्रक्षेपणमा उल्लेख छ ।  जुलाई–सेप्टेम्बरको अवधिको तुलनामा अन्य धेरै देशहरूमा महामारी नियन्त्रणका लागि अपनाइएको उपायका कारण चौथो त्रैमासिकमा अमेरिकी कूल गार्हस्थ उत्पादन वृद्धि केवल १.० प्रतिशत कायम रहेको प्रतिवेदनमा जनाइएको छ । अप्रिल–जुन महिनाको अवधिमा ९.० प्रतिशतले गिरावट आएपनि तेस्रो त्रैमासिकमा अर्थतन्त्रमा देखिएको सुधारसँगै वृद्धिदर ७.५ प्रतिशत कायम भएको थियो । – एएफपी 
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार