नाडेप लघुवित्तले घोषणा गर्‍याे २१ दशमलव ०५३ प्रतिशत लाभांश

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १० कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ०५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ । हाल लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको २० प्रतिशतका दरले आठ करोड नाै लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार