माछापुच्छ्रे, सानिमा, सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं :  आज बिहीबार माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ ७ कात्तिकमा बुक क्लोज गर्दैछ । माछापुच्छ्रे बैंकले २६ कात्तिकमा २३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभाले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कामकाे अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिको रिक्त पदमा नियुक्ति लगायतको एजेण्डा छन् ।

सानिमा बैंकको लाभांश हात पार्ने आज अन्तिम दिन

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । सानिमाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि ७ कात्तिक आइतबार बुक क्लोज गर्दैछ । 

बैंकले लाभांश प्रस्ताव पारित गर्न १४ कात्तिकमा आम्रापाली ब्याङ्क्वेट, बालुवाटार काठमाडौंमा १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सो सभा बिहान ११ बजे भिडियो कन्फ्रेन्स मार्फत शुरु हुनेछ । 

सभामा सहभागी हुन इच्छुक सेयरधनीहरूलाई जुम आईडी र पासवर्ड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् । 

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनार्थ बैंकले ५-१६ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । 

बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकको १७औं वार्षिक साधारणसभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । सांग्रिलाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
 
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पेस हुने लगायतका एजेण्डा छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार